धुलिखेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले लगानी गरेर उच्च अध्ययन गराएका र विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवाहरु नै मुलुक छोडेर बाहिरिनु मुुलुकको लागि दुर्भाग्य भएको बताएका छन् ।
काठमाडौं विश्वविद्यालयममा उपकुलपतिहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण संघारमा उभिएको बताए । विश्व विद्यालयहरू आफ्नै श्रोत साधनबाट सञ्चालन हुन सक्ने हुँदा नयाँ विकल्प खोज्नु पर्ने बताउँदै दाहालले पछिल्लो समय प्रदेश स्तरबाट समेत सञ्चालन हुन थालेका विश्वविद्यालयहरूको गुणस्तर र त्यहाँबाट उपलब्ध हुने सेवा तर्फ ध्यान दिनु आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले भने–‘विश्वस्तको शिक्षालाई नेपालमा उपलब्ध गराउन तथा विश्वस्त रमा प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा नेपालको व्यवहारिकतामा उपलब्ध गराउन आवश्यक छ ।’ उद्यमशीलता, वातावरणमैत्री तथा लगानीमैत्री क्षेत्रमा शिक्षालाई जोडै व्यवसायी, व्यवहारिक र रोजगारमूलक शिक्षा उपलब्ध गराउनु पर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।
विश्वविद्यालयका गतिविधिहरूलाई क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा फू¥याउन विश्व विद्यालय अनुदान आयोगले काम गर्नु पर्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपालका सबै विश्वविद्यालयमा एकै किसिमको शैक्षिक क्यालेण्डर, पाठ्यक्रम र परिक्षा प्रणाली हुने विषयमा छलफल भइरहेको बताए ।
सम्मेलनको उद्देश्यका बारेमा जानकारी दिँदै काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताए । शिक्षाको अन्तर्राष्ट्रियकरणबाट प्राप्त अवसरको पहिचान तथा सदुपयोग गर्न राष्ट्रिय उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तर्दुष्टि, विचार र सुझावहरू संकलन र आदान हुने उपकुलपति थापाले बताए । यसकै अनुभवका आधारमा २०८० फागुन ३ र ४ गते भारत लगायतका विभिन्न मुलुकका २ सय ५० वटा विश्वविद्यालयका उपलकुपतिहरुको सम्मेलन धुलिखेलमा आयोजना गरिने उपकुलपति थापाले बताए ।
सम्मेलनमा नेपालका ११ वटा विश्वविद्यालय, ७ वटा प्रादेशिक विश्वविद्यालय र ६ वटा प्रतिष्ठान गरी २४ वटा संस्थाका उपकुलपति, पूर्व उपकुलपति, रजिस्ट्रार र डिनहरूको सहभागिता रहेको छ । सम्मेलनमा विभिन्न २२ विश्वविद्यालयको सहभागिता छ ।