आज राष्ट्रिय पोशाक दिवस मनाईदै

बनेपा, आज राष्ट्रिय पोशाक र अन्तर्राष्ट्रिय टोपी दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय पोशाक दिवस र जागरुक युवा अभियान नेपालले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आए अनुसार आज यो दिवस मनाउन लागिएको हो ।

अघिल्ला बर्ष जनवरी १, पुष १७ गते पर्ने हुँदा राष्ट्रिय पोशाक दिवस पुष १७ गते मनाईने प्रचलन थियो तर यो बर्ष जनवरी १ नेपाली पात्रो अनुसार पुष १६ गते नै परेको हुँदा यो बर्ष पुष १६ गते सांस्कृतिक धरोहर बोकेको पाटन दरबार क्षेत्र परिसरमा ११ औं राष्ट्रिय पोशाक दिवस मनाईन लागेको यो अभियानका अभियान्ता एवं राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिए ।
२०७० पुष १७ गतेबाट हरेक बर्ष राष्ट्रिय पोशाक दिवसको कार्यक्रम आयोजना गर्दै आएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले २०७८ सालदेखी हरेक राष्ट्रिय पोशाक दिवसको अवसरमा देशको सम्पदा, संस्कृति, धरोहर र ईतिहासमा योगदान दिने ब्यक्तित्वहरुलाई राष्ट्रिय धरोहर सम्मान समेत गर्दै आएको छ । जसअन्तर्गत २०७८ सालमा स्वर्गीय ईतिहासबिद सत्यमोहन जोशी, २०७९ सालमा ईतिहासबिद ज्ञानमणी नेपाललाई राष्ट्रिय धरोहर सम्मानद्वारा अभिनन्दन गरेको थियो भने यस वर्ष २०५३ सालका मदन पुरस्कार बिजेता प्रा.डा दयाराम श्रेष्ठ र गायिका बर्ता गन्धर्व सम्मानित हुँदैछन । आज पाटन दरवार क्षेत्र परिसरमा मनाईने कार्यक्रममा दुबैलाई सम्मान प्रदान गरिने छ ।
त्यस्तै जागरुक युवा अभियान नेपालले आयोजना गर्ने गरेको यस वर्षको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने नाराका साथ आज बिहान ८ बजे वसन्तपुरमा जम्मा भइ प्रभातफेरि कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
विसं २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरूपमा हटाएपछि त्यसलाई स–सम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिन यि दिवस मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *