आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सुरु


आजदेखि अङ्ग्रेजी नयाँ वर्ष शुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ सुरु भएको हो ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन) को सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।
विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको मानिन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न ठाउँमा यो सम्वत् लगाएकाले अहिले यसको विश्वव्यापी प्रचार छ । ईस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायत ठाउँमा खुशीयाली पुर्वक मनाईन्छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गर्ने गर्छन । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (यशु) को सम्झनामा उनको निधनपछि अनुयायीले यो सम्वत् प्रचलनमा ल्याएका हुन् । इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केही वर्ष अघिदेखि अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ । विशेष गरी युवापुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *