लेखापढी कानून व्यवसायी काभ्रेको साधारण सभा

धुलिखेल, नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन काभ्रे जिल्ला समितिको १७ औ बार्षिक साधारण सभा शनिबार धुलिखेलमा सम्पन्न भएको छ ।
एशोसिएसनका अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्धाटन गर्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले पुर्वाधारको क्षेत्रमा प्रदेश सरकारले काम गरी रहेको भन्दै मालपोत र यातायात कार्यालयलाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष सिताराम दाहालले ब्यवसायीहरु नागरिकका सेवक भएको बताउँदै राज्यले हेर्ने दृष्टिकोण बदल्नु पर्ने भन्दै लेखापढी ब्यवसायीहरुले संचालन गरेको भू–सेवालाई अझै ब्यवस्थित बनाउन र प्रविधीमैत्री बानाउन आफुहरुले पहल गरेको बताए । काभ्रेमा प्रमुख मालपोत अधिकृत दिपक कोईरालाले नागरिकहरुले प्राप्त गर्ने सेवालाई सबै क्षेत्रबाट सरलीकृत हुनु पर्ने बताए ।
जिल्ला अध्यक्ष रोशनकुमार श्रेष्ठले व्यवसायीले सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गरिरहेको भन्दै सरकारले ल्याएका नीति र कानून नागरिक मैत्री नभएको बताए । पछिल्लो समय वितरण गरिएका जग्गाधनी पुर्जा भरपर्दाे नभएको, कित्ताकाट नागरिकमैत्री नभएको, मालपोत कार्यालयलाई पुर्वाधारमैत्री बनाउन नयाँ भवन निर्माण गर्नु पर्ने र सेवाग्राहिहरुलाई सहज बनाउन सरकारले जग्गा बर्गिकरण र कित्ताकाटलाई ब्यवस्थित गर्नु पर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।
कार्यक्रममा नेपाल लेखापढी कानून ब्यवसायी एशोसिएसनका केन्द्रिय महासचिव कृष्णप्रसाद दाहाल, उद्योग बाणिज्य महासंघ काभ्रेका महासचिव रविन्द्र बैदार, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, धुलिखेल नगरपालिका ७ का अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संस्थाका निवर्तमान अध्यक्ष माधव सिग्देल लगायतले मन्तब्य राखेको कार्यक्रममा स्वागत उपाध्यक्ष ध्रुव दाहालले र सञ्चालन जिल्ला दोर्जे लामाले गरेका थिए । –नव क्षितिज साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *