नव क्षितिज सम्वाददाता भण्डारी सम्मानित


काठमाडौं, पाचौं ज्योति फिल्मस म्युजिक अवार्डको अवसरमा नव क्षितिज साप्ताहिकका कला संवाददाता दिनेश भण्डारी सम्मानित भएका छन् । शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न पाँचौ ज्योति फिल्मस् म्युजिक अवार्डमा भण्डारीलाई पत्रकारिता सम्मान प्रदान गरिएको हो ।
विगत लामो समय देखि नेपाली गित संगित, कला र संचार क्षेत्रमा क्रियाशिल भण्डारीलाई नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, रोयल मुभिज प्रालीका सञ्चालक निरेन श्रेष्ठलगायतले सम्मान गरेका हुन ।
सिन्धुपाल्चोक सेवा समाज र रोयल मुभिज प्रा.लि को सहकार्यमा यो म्युजिक अवार्ड १७ डिसेम्बर २०२३ याक एण्ड यति एभरेष्ट ग्राड एस्टोरिया होटल, बर दुबई यु.ए.इ मा सम्पन्न भएको थियो । उक्त अवार्ड कार्यक्रममा नेपालबाट बिभिन्न समस्या र बिभिन्न कारणले गर्दा उक्त स्थानमा उपस्थित हुन नसकेका कलाकार तथा सम्मानित व्यक्ति हरुलाई शनिवार सम्मान प्रदान गरिएको हो । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको प्रमुख आतित्यता र रोयल मुभिज प्रालिका सञ्चालक निरेन श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय नाचघर जमलमा कार्यक्रा सम्पन्न भएको हो ।
जाजरकोट भुकम्प पिडितका लागि आर्थिक सहयोग रु ३०,०००÷– हस्तान्तरण समेत गरिएको कार्यक्रममा बिधिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *