काभ्रे पोष्ट साप्ताहिक २५ औं वर्षमा


बनेपा, काभ्रे जिल्लाबाट बिगत २४ वर्षदेखि प्रकाशन भईरहेको काभ्रेपोष्ट साप्ताहिकले स्थापनाको २४ वर्ष पुरा गरी २५ औ वर्ष प्रारम्भ गरेको अवसर पारी आईतबार रजत महोत्सव मनाएको छ ।
रजत महोत्सवको अवसरमा पत्रिकाको तर्फबाट विभिन्न समयमा पत्रिकालाई योगदानु पु¥याएका ब्यक्तिहरु र स्व. विष्णुप्रसाद चौलागाईद्वारा स्थापित कोशिपारी पत्रकारीता सम्मान समेत प्रदान गरिएको छ । संस्थापक सम्पादक इश्वरी ओझा, कार्यकारी सम्पादक शिव दाहाल, व्यवस्थापक दिपेन्द्र लामा, बजारप्रतिनिधि सरोज अधिकारी, स्तम्भकार चुडाप्रसाद चौलागाई र हाल कार्यरत कर्मचारी बालकृष्ण बजगाईलाई पत्रिकाको स्थापना दिवसको अवसरमा रजत सम्मान प्रदान गरिएको थियो । भने कोशिपारी पत्रकारिता पुरस्कारबाट केदार तिमल्सिना र ज्योती श्रेष्ठलाई सम्मान गरिएको थियो ।
लामो समयदेखी स्व. विष्णुप्रसाद चौलागाईद्वारा संचालन हुँदै आएको काभ्रे पोष्ट साप्ताहिक अहिले श्रीमती राधिका चौलागाई, भाई दिपक चौलागाई र छोरा समिर चौलागाईले संचालन गर्दै आएका छन । कोरोना भाईरसका कारण विष्णुप्रसाद चौलागाईको २०७७ सालमा ५१ वर्षको उमेरमा निधन भएको थियो ।
काभ्रेपोष्ट प्रकाशन प्रालिका अध्यक्ष राधिका चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । बस्नेतले काउन्सिलको भूमिका, सरकारले बनाउन लागेको मिडिया काउन्सिल, बदलिँदो अवस्थामा संचारमाध्यमको भूमिका लगायतका विषयमा बोलेका थिए । पत्रिकाका सम्पादक दिपक चौलागाई, प्रकाशक समिर चौलागाईले पत्रिकाको बारेमा जानकारी गराएको कार्यक्रममा पत्रकार महासंघ का केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, सचिव गोबिन्द चौलागाईं, नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरू शिवप्रसाद हुमागाई र मधु आचार्य, एमाले काभ्रे अध्यक्ष राजन भुर्तेल, नेका काभ्रे उपसभापति रमेश प्रसाद हुमागाई, पत्रकार महासंघका काभ्रे अध्यक्ष बद्री तिमल्सिना, सम्मानित ब्यक्तित्व चुडा प्रसाद चौलागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *