खावा सडकको सास्ती कहिले सम्म ?

लामो समयसम्म पनि धुलिखेल–खावा सडक निर्माण नसकिँदा यात्रुले सास्ती खेप्नुपरेको छ । २२ महिनामा सक्ने गरी ठेक्का लागे पनि निर्माण व्यवसायीले बेलैमा काम नगर्दा समस्या भएको हो । यात्रुहरूले विगत दुई वर्षदेखि सास्ती खेपिरहेका छन ।
२०७९ जेठ २० गते २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँको लागतमा २२ महिनाभित्र निर्माण सक्ने सर्तमा निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । चार किलोमिटर उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनी सँगको गौरी–पार्वती निर्माण सेवासँगका ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । व्यवसायीको मुद्दामा केही दिनपछि अदालतले निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने, धरौटी रकम जफत लगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि सडक निर्माणको काममा अन्यौलता छाएको थियो ।
निर्माण कार्यमा ढिलाइ भएकाले सडकको अवस्था झनै बिग्रिएको छ र भत्किएको सडकका कारण सयौँ सवारी दुर्घटना भइसकेका छन् । सो सडकबाट तातोपानी नाका हुँदै चीन तथा सिन्धुपाल्चोकक, दोलखा, रामेछाप जस्ता जिल्लामा आवतजावत हुन्छ । यसरी लामो समय अन्योल हुदा यात्रुहरूले कहिलेसम्म सास्ती खेपिरहनु पर्ने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *