रोजगार खोज्ने हैन, दिनेगरी सक्षम बन्नुपर्छ-प्रधानमन्त्री


बनेपा, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सानो राष्ट्र भयता पनि कसैको दयामायामा नचलेको बताएका छन् । शुक्रबार काठमाडौ विश्वविद्यालय(केयू)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै ओलीले नेपाल सानो राष्ट्र भएपनि कसैको दयामायाले मातहतमा नरहेको बताएका हुन ।
उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले ‘अब नेपालको परिचय इमान्दार, मेहनती, शालिन व्यक्तिको देश’ भनी परिचित गराउनुपर्नेमा जोड दिन आग्रह गरे । उनले नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ । इतिहासका तथ्यहरुले पहिलेदेखिनै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपिललगायत जस्ता बनस्पतीको महत्व पूर्खाले नै पत्ता लगाएको बताए । अब हाम्रा विद्यार्थी, सीपयुक्त जनशक्तिले रिसर्च र इनोभेशनमा लाग्न समेत सबै विद्यार्थीहरुलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले पूर्वजदेखिनै पनि सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो, भन्दै प्रधानमन्त्री ओलीले अध्ययन कहिल्यै नसकिने भएकाले आफ्ना ज्ञानलाई ब्यहाहारमा उतार्दै आइपरेका नयाँ चुनौतिलाई मौलिक ढङ्गले समाधान गर्दै अगाडी बढन दीक्षित विद्यार्थीलाई शुभकामना दिए ।
नेपालको शिक्षा उत्कृष्ट भएर नै देश विदेशमा हाम्रो जनशक्तिले उत्कृष्ट सेवा प्रदान गर्न सकेको प्रधानमन्त्री ओलीको भनाई थियो । “विद्याले सबै दिन्छ तर घमण्ड त्याग्नुपर्छ, मित्रता बढाउनुस् सेवाभावले काम गर्नुस् ।
समारोहमा १ हजार १२९ विद्यार्थी दीक्षित भएका थिए । विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनका अनुसार दीक्षान्त समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कार, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्त लगायतको आतिथ्यता रहेको कार्यक्रममा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.अच्युत वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आट्र्सतर्फ १६३ जना, स्कूल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कूल अफ मेनेजमेन्टका ११० जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरि स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ ।

समारोहमा विश्वविद्यालयका आर्टस, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना दिक्षीत भए । भुटान, भारत, श्रीलंका र माल्दिभ्सका गरेर ११८ जना विद्यार्थी पनि दिक्षीत भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *