गाईजात्रा शुरु-बढ्यो हास्य कलाकारको व्यस्तता


बनेपा, प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ हिजो काठमाडौँ उपत्यकासहित देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
यसपर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू गाइन्छ भने हास्य कलाकारहरूले विशेष कार्यक्रमको आयोजना गर्दै आएका छन् । विशेषतः हास्य कलाकारका लागि ‘गाईजात्रा’ ठूलो पर्वका रूपमा मानिन्छ । सोही कारणले गाईजात्राका अवसरमा काठमाडौँस्थित प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थामा विभिन्न हास्य कलाकारहरूको प्रस्तुति सुरू भएको छ । व्यक्तिको बोल्ने अधिकारलाई व्यङ्ग्यात्मक रुपबाट समाजसम्म दर्शाउन पाउने स्वतन्त्र र स्पष्ट पर्व नै गाईजात्रा हो । आफूलाई चित्त नबुझेका कुरा स्पष्ट रुपमा व्यङ्ग्यात्मक अभिव्यक्तिका साथ प्रस्फुटन गराउने कलात्मक र दृष्टात्मक अभिव्यक्ति अर्थात् गाईजात्रा । यस पर्वलाई पितृ मोक्षको रुपमा समेत स्थापित गराईयो । प्रत्यक्ष रुपमा गाई गोरु समावेश गराईने यो पर्वमा अहिले बैकल्पिक रुपमा मानिसहरुद्वारा नै गाईको मुकुण्डो लगाई पशुको प्रतिनिधित्व गर्न चलन रह्यो । हरेक साल भाद्र कृष्ण प्रतिपदाको दिनदेखि आठ दिनसिम्म गाईजात्रा पर्व नेपाल अधिराज्यभर मनाइन्छ । काठमाडौं उपत्यकामा भने सबैन्दा भव्य रुपमा मनाइन्छ । यसै दिनबाट नाटक, प्रहसन, हास्यव्यङ्ग्य आदि गरिन्छ । देशको राजनीतिक सामाजिक तथा आर्थिक व्यवस्थाहरुमा भएका विकृतिहरुलाई प्यारोडी गीत, नाटक, कार्टुनका माध्यमबाट बङ्ग्याएर जनमानसमा मनोरञ्जन गराइन्छ । यो बेला हास्य कलाकारको व्यस्तता भने ह्वात्तै बढ्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *