पाशुपत क्षेत्रमा धार्मिक महामहोत्सव जारी-सबैलाई निमन्त्रणा


श्रावण १ गतेदेखि पाशुपत क्षेत्रमा जारी श्री पशुपतिनाथ धार्मिक महा महोत्सव–२०८३ भव्य बन्दै गएको छ । दैनिक रुपमा चर्चित कथा वाचकको उपस्थिति र बेजोड सांस्कृतिक प्रस्तुतीले दैनिक भक्तजनहरुको उपस्थिति बढ्दै गएको हो ।
अहिले भक्तजनहरुको बाक्लो उपस्थिति भैरहेको छ । उपस्थिति र दान गर्नेहरु बढ्दै गएको आयोजकले बताए । यहि श्रावण १ गतेदेखि ३१ गतेसम्म पाशुपत क्षेत्रमा नेपालमा मै कैलाश धाम निर्माणको संकल्प सहित संचालन भैरहेको श्री पशुपतिनाथ धार्मिक महा महोत्सव २०८३ साथै शिवनाम सकिर्तन तथा आध्यात्मिक प्रवचन कार्यक्रममा भण्डारी गुठी, पशुपतिनाथ मन्दिर परिसरमा भैरहेकोले उपस्थित हुन आयोजक संस्था राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले सबैमा आमन्त्रण गर्नु भएको छ ।
माता कल्याणी, व्यासाचार्य सञ्जेलजी महाराज, देवी अभियान शर्मा, सखी जेरी, लगायतका धार्मिक व्यक्तित्वहरूबाट कथा वाचन भैरहेको छ । भगवान शिवको प्रिय महिना श्रावणको अवसरमा श्री पशुपतिनाथको पवित्र प्राङ्गणमा पुगी श्रावण महिना भरि पशुपतिनाथको दर्शन, गङ्गाजल अभिषेक र आत्मिक शान्तिको लाभ लिन आयोजकले भक्तजनलाई आग्रह समेत गरेका छन । धर्म जागरणको यो विशेष उत्सवको ंकल्पकर्ता आध्यात्मक प्रवाचक÷अध्येता राजानन्द माण्डव्य हुनुहुन्छ । उहाँ राष्ट्रिय पोशाक तथा टोपी दिवस राष्ट्रिय झण्डा दिवस र राष्ट्रिय विभूती संरक्षण अभियान्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *