एमाले बिना देश र ओली बिना एमाले बन्दैन–बस्नेत


बनेपा, नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले बिना देश सम्बृद्ध हुन नसक्ने बताएका छन । सुखि नेपाली, सम्बृद्ध नेपालको सपना एमालेले मात्र पुरा गर्ने भन्दै बस्नेतले एमाले बिना देश र ओली बिनाको एमाले अहिले कल्पना गर्न नसकिने बस्नेतको भनाई थियो ।
नेकपा एमाले बनेपा नगर कमिटीद्वारा आयोजित विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, म्हः पूजा (न्हुदँया भिन्तुना) तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई हिजो बनेपामा सम्बोधन गर्दै एमालेलाई स्थापित गर्न सबै नेता कार्यकर्ता एक भएर लाग्नु पर्ने बस्नेतले बताए । बनेपा नगर कमिटी अध्यक्ष नवराज मानन्धरले विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको सुखद उपलक्ष्यमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा नगरवासीहरूबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं काभ्रे इञ्चार्ज अशोक ब्याञ्जु, केन्द्रिय सदस्य अमित लामा, बनेपा नपाकी उप–प्रमुख बिमला दाहाललगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *