आर्यन लिटल मास्टर र मेगिना बनिन् प्रिन्सेस

20180321_145903 (1)
बनेपा,बेलर इन्टरनेशन एकेडेमी बनेपाले आयोजना गरेको दोस्रो लिटल मास्टर एण्ड प्रिन्सेस २०१८ को प्रतिस्पर्धाबाट लिटल मास्टर आर्यन बजगाईं र लिटल प्रिन्सेस मेगिना भोछिभोया बनेका छन् ।
विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइ बेलर इन्टरनेशन स्कूल बनेपाले दोस्रो लिटल मास्टर एण्ड प्रिन्सेस २०१८ छानेको हो । जसमा २८ जना विद्यार्थी सहभागी बनेका थिए । प्रतियोगिताबाट फस्ट रनर अप प्रजय बञ्जारा र सेगिना भोछिभोया तथा सेकेण्ड रनर अफ प्रतिक बिष्ट र दिपीका घिमिरे बने । प्रतियोगिताका विभिन्न टाइटल उपाधी मध्ये बेष्ट डिसिप्लिन इम्रान बस्नेत र प्रिया दर्शन पाण्डे, बेष्ट फेण्डसीपमा दावा शेर्पा र यजस्वी प्रजापति, बेष्ट कन्फिडेन्समा लक्ष्मण थापा र रितिका बञ्जाराले उपाधि प्राप्त गर्न सफल भए ।
मिसन हिमालयका उपाध्यक्ष चारुचन्द ठाकुरको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा भएको कार्यक्रममा काभ्रे जेसिजका अध्यक्ष उमेश मानन्धर, प्रेस चौतारीका अध्यक्ष भुवन रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईराला लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै बेलर इन्टरनेशनलका प्रबन्ध निर्देशक पवनकुमार थापा, कार्यकारी निर्देशक इन्दु थापा, निर्देशक रामकुमार बस्नेत, क्याम्पस प्रमुख वीरबहादुर थापा, बेलर किड्सका प्रिन्सिपल सविना कर्णजित लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले मौलिक संस्कृति झल्कने लोक नृत्यका साथै विविध मनोरन्जनात्मक प्रस्तुति पस्केका थिए । सोहि अवसरमा बेलर स्कूल प्राङ्गणमा शैक्षिक प्रदर्शनी पनि आयोजना गरिएको थियो । प्रदर्शनीमा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले विज्ञान लगायत विभिन्न विषयका स्टलहरु संचालन गरेका थिए । आफ्ना क्षमता अनुसारको विद्यार्थीहरुले प्रदर्शनीमा सहभागिता जनाएका थिए । त्यस्तै विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुले होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिज्म, कम्प्युटर लगायत खानाका स्टल राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य बेलर इनटरनेसनलका प्रबन्ध निर्देशक पवन थापाले गरेका थिए । प्रतियोगिताका प्रमुख निर्णयक निर्णय श्रेष्ठ तथा निर्णायकमा अम्बिका तिमल्सिना र सचित खड्का रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *