धुलिखेल, जनस्वास्थ्य कार्यालय काभ्रेले स्थानीय तहमा स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्य शाखाहरुको सेवा प्रवाहको सूचकांकका आधारमा गरेको मुल्यांकनमा फेरिपनि महाभारत गाउँपालिका प्रथम भएको छ ।
अघिल्लो वर्ष पनि महाभारत पहिलो पालिका बनेको थियो । महाभारत गाउँपालिकाले ७८.५ प्रतिशत अंक ल्याएको छ । त्यस्तै धुलिखेल नगरपालिका दोश्रो र भुम्लु गाउँपालिका तेश्रो भएको छ । स्वास्थ सेवा प्रवाहमा नागरिकहरुले प्राप्त गरेका विभिन्न सेवालाई आधार बनाएर मुल्यांकन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । उत्कृष्ट भएका पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपपति श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।