किरण गौतमको चट्ट पिरीम (हेर्नुस भिडियो सहित)

 

बनेपा,काभ्रे संगम म्युजिक प्रा।लिको प्रस्तुतीमा किरण गौतम र मिश्रा काफ्लेको लोकदोहोरी गित चट्ट पिरिम युटुब मार्फत् रिलिज भएको छ ।

31353835137687817_923244184524683_192863947353751552_nविहिवारबाट सार्वजनिक भएको चट्ट पिरिम म्युजिक नेपाल मार्फत बजारमा आएको हो । काभ्रेली युवा गायक किरण गौतमको चट्ट पिरिम लोकलयमा आधारित गित हो । गीतमा गायक किरण गौतम र काभ्रेली नव गायिका मिश्रा काफ्लेले आवाज भरेका छन् । विशुद्ध मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको उक्त लोकदोहोरी गितमा युवा उमेरमा हुने चंचलता, ख्याल ठट्टा र प्रेमिल भावना साथै ग्रामीण भेगको रहन सहन र लोक बस्तिलाइ आधार मानेर गायक किरण गौतमले आफुले देखेका र भोगेका कुरालाइ शब्दमा उतारेका छन् ।यस अघि काभ्रे संगम म्युजिक प्रा लि मार्फत गायक किरण गौतम र गिता देविले गायको चटक्कै र काभ्रे जिल्ला मायाको लाल किल्ला बोलको गित दर्शक श्रोताले धेरै माया गरेर मन परादिए पछी निरन्तर गित संगीतमा लागेर नयाँ नयाँ सिर्जना गर्ने प्रेरणा मिलेको गायक गौतमले नवक्षितिजलाई बताए ।

करण चैसिरले छायांकन गरेको म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । बिस्णु तामाङले सङित सम्योजन गरेको गीतलाई हिम सम्झौता प्रा लीले दृश्य निर्माण गरेको छ । म्युजिक भिडियोलाई मनोस कार्कीद्घारा सम्पादन गरिएको छ । म्युजिक भिडियोमा रामजी खाँड र करिस्मा ढकालको बिशेष अभिनय रहेको छ । उक्त गीतलाई युट्युबमा सर्च गरेर हेर्न सकिन्छ ।  >हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *