अरबिन्द्र गौतम, धुलिखेल
नेपालमा दिनप्रतिदिन नयाँनयाँ प्रबिधिको प्रयोग बढदै गइरहेको छ । नयाँ प्रबिधिलाई सबैले जानी नजानी उपयोग गदै आएका छन् । प्रबिधिको प्रयोग बढेसँगै हुलाक कार्यालयलाई निकै सहज भएको छ । अहिलेको नयाँ पुस्ताहरुले त हामीलाई हुलाक चाहिन्छ र भन्न थालि सकेका छन । प्रिविधिको विकाश नहुँदा चिठ्ठीपत्र आदानप्रदानको कामगर्दै आएको हुलाक कार्यालय पछिल्लो समय सामान ओसारपसार गर्नलागेको छ । प्रबिधिको प्रयोग मोबाईल, इन्टरनेट तथा सामाजिक सञ्जालहरुको विकाससँगै हुलाक बाट आदानप्रदान हुने चिठ्ठीपत्रको काम रोकिएको हो ।
सुचना आदान प्रदान गर्नेको लागि हुलाकबाट चिठ्ठीपत्रनै पठाउनु पर्ने हुन्थ्यो तर प्रविधिको विकासले गर्दा चिठ्ठीपत्रको काम अहिले रोकिएको जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत पदमबहादुर खत्रीले बताउनुभयो ।
उहाँले भन्नु भयो– हामीलाई अहिले व्यक्तिगत चिठ्ठीपत्र खासै आउने गरेको छैन । कोरोनाको कारणले गर्दा पनि केही रोकिएको छ । अहिले हाम्रोमा सरकारी कार्यालयमा आउने चिठ्ठी, विश्वविद्यालय र होटल तथा रिसोर्टहरुको चिठ्ठीपत्र अन्य कार्यालय संस्था माथिको उजुरी, मालपोत, प्रहरीकोमा दिनेउजुरीहरु मात्रै आउने गरेको छ । पहिला विदेशबाट घर, परिवार तथा आफन्तका लागि चिठ्ठीपत्र पठाइथ्यो भने अहिले चिठ्ठीको सट्टामा मोबाइल, ल्यापटप, घडी, खेलकुद सामग्रीलगायतका सामानहरु आउने गरेको छ’ हुलाक अधिकृत खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार विशेष गरी अमेरिका, जापान, कोरिया, अष्ट्रेलियालगायतका युरेपियन देशहरुबाट सामानहरु आउने गरेको छ ।
हुलाकले चिठ्ठी आदानप्रदान मात्रै नभई अन्य थुप्रै कामहरु गर्दै आएको र अन्र्तराष्ट्रिय डाँक सेवा संचालन गरेको बताउनु भयो । अहिले भने कोरोना सङ्क्रमणका कारण अन्र्तराष्ट्रिय हवाई सेवा सुचारु नभएकोले जिल्लामा अन्र्तराष्ट्रिय डाँक सेवाका चिठ्ठीपत्रदर्ता नगरिएको उहाँले जानकारी दिनु भयो ।
त्यसैगरी हुलाकले प्रेस पास, अनलाइनदर्ता, नविकरणको मध्यस्तता गर्नुको साथै लोक कल्याणकारी विज्ञापनको अनुगमन तथा सिफारिस गर्ने कामगर्दै आएको हुलाक अधिकृत खत्रीले बताउनुभयो । उहाँले आम जनतामा हुलाकको काम चिठ्ठीको काममात्रै गर्ने भन्ने सोच रहेको बताउनुभयो । हुलाकले पछिल्लो समय धेरै कामहरु गरेको खत्रीको भनाई छ । काभ्रेमा हाल जिल्ला हुलाक एक, ईलाका हुलाक १२ र अत्तिरित्त हुलाक ६९ वटा रहेका छन् ।