महालेखापरीक्षकको प्रतिवेदन, महाभारत गाउँपालिका प्रदेशकै उत्कृष्ट


बनेपा, जिल्लाका १३ स्थानिय तह मध्ये महाभारत गाउँपालिका गाउँपालिकाहरुमा प्रदेशकै पहिलो उत्कृष्ठ स्थानीय तह बनेको छ । महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय प्रतिबेदन सुचकले यो पालिका बागमती प्रदेशकै गाउँपालिकाहरुमा पहिलो र सबै स्थानीय तहहरुमा दोस्रो उत्कृष्ट स्थानीय तह बनेको हो ।
महालेखापरीक्षकको अन्ठान्नौं वार्षिक प्रतिवेदन, २०७८ अनुसार महाभारत गाउँपालिका गाउँपालिकाहरुमा सबै भन्दा कम बेरुजु रु २९४०(०.४३) प्रतिशत छ । पालिकाको दुरुस्त वित्तिय व्यवस्थापन, आर्थिक प्रशासनका सिद्धान्तहरु अवलम्बन गरी आर्थिक कारोबार गर्ने पद्धतिको विकास, कानुन बमोजिम प्राथमिकताका आधारमा बेरुजु फछ्र्यौट गर्ने गराउने पद्धतिको अवलम्बन जस्ता पाटोमा संवेदनशीलता अपनाएकोले आफ्नो पालिकाले यो सफलता हाँसील गरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

बागमती प्रदेशमा महानगरपालिका ३, उपमहानगरपालिका १, नगरपालिका ४१ र गाउँपालिका ७४ गरी ११९ वटा स्थानीय तह छन् । यि स्थानीय तहहरुमध्ये नगरपालिकाहरुमा रामेछापको रामेछाप नगरपालिकाको सबैभन्दा कम ०.३० प्रतिशत छ । गाउँपालिकाहरुमा दोलखाको वैतेश्वर गाउँपालिकाको सबैभन्दा बढि १४.०४ प्रतिशत बेरुजु छ ।

त्यस्तैगरी नगरपालिकामा पाँचखालमा बजेटको ० दशमलब ८६ प्रतिशत बेरुजु देखिएको छ । पाँचखाल नगरपालिका बागमती प्रदेशका १ सय १९ तहका बेरुजु कम भएका पालिका मध्ये सात नम्बरमा छ भने महाभारत गाउँपालिका १ सय १९ मध्ये कम बेरुजको दोश्रो नम्बरमा छ ।
प्रतिवेदन अनुसार सबैभन्दा बढि बेरुजु नगरपालिकामा मण्डनदेउपुर नगरपालिकामा बजेटको ५ दशमलब ४६ प्रतिशत र गाउँपालिकामा तेमाल गाउँपालिकामा बजेटको ९ दशमलब ७० प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै धुलिखेल नगरपालिकामा ० दशमलब ९९ प्रतिशत, बनेपा नगरपालिकामा २ दशमलब २८ प्रतिशत, नमोबुद्ध नगरपालिकामा २ दशमलब ८३ प्रतिशत तथा पनौती नगरपालिकामा ३ दशमलब ६२ प्रतिशत बेरुजु देखिएको छ ।
गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा १ दशमलब ८८ प्रतिशत, खानीखोला गाउँपालिकामा ३ दशमलब ३१ प्रतिशत, चौरी देउराली गाउँपालिकामा ५ दशमलब २४ प्रतिशत, भुम्लु गाउँपालिकामा ६ दशमलब १२, बेथानचोक गाउँपालिकामा ७ दशमलब ९७ प्रतिशत बेरुजु देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *