बनेपा, केहि समयअघि घट्दै गएको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ भने आइतबार ४ जनाको मृत्यु भयो ।
पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।
विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् । हाल नेपालमा कोरोना भाइसरका ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको छ । मृत्युबढ्नु ओमिक्रोनको प्रभाव बढेको कारण भएको चिकित्सकहरुले बताइरहेका छन ।
ओमिक्रोन प्रकार कडा नभए पनि वृद्ध र खोप नलगाएकालाई त्यसले असर गरिरहेको र त्यो वर्गका व्यक्तिमा समस्या कडा हुनसक्ने भएकाले विशेष सावधानी अपनाउनु पर्न छ । ओमिक्रोनले डेल्टालाई प्रतिस्थापन गरिसकेको र ओमिक्रोन आइसकेपछिका मृतकको तथ्याङ्कअनुसार ३४ जनामध्ये ३० जना खोप नलगाएका रहेको बताइएको छ । डेल्टाले सङ्क्रमितको श्वासप्रश्वासमा समस्या ल्याउने, कडा खालको निमोनिया हुने भन्ने पुष्टि भइसकेको छ । खोप नलगाएकाहरूलाई ओमिक्रोनले असर पु¥याउने भएकाले खोप अनिवार्य लगाउनु पर्ने छ ।
यसरी जोगाऔं बालबालिका र बृद्धबृद्धालाई ?
कोरोना भाइरस महामारीको दोस्रो लहरमा सबै उमेर समुह जस्तै धेरै बालबालिकाहरु संक्रमित भए । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका र बृद्धबृद्धालाई लागि संक्रामक देखिएको अवस्थामा अर्को नयाँ लहरमा पनि बालबालिकाहरुका लागि निकै खतरनाक हुने विज्ञहरुले बताइरहेका छन् । त्यसैले बालबालिका र बृद्धबृद्धालाई अझै सचेत रहनु आवश्यक छ । अहिले ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको छ ।
भाइरस संक्रमणको सम्भावनाका हिसाबले बालबालिकाहरु वयस्क जत्तिकै जोखिममा हुन्छन् । तथापि कोभिड १९ संक्रमित बालबालिकाहरु साधारणतया लक्ष्यण विनाका वा कम गम्भीर खाले लक्षण भएका हुने गरेका छन् । बालबालिकाहरुमा भाइरसको असर कम हुनुको कारण चाहीँ भाइरस संक्रमण हुने तरिकाका साथै बालबालिकाको रोग प्रतिरोधी प्रणालीका कारणले हुनसक्छ ।
अध्ययन अनुसार खासगरी १ वर्षमुनिका र १० देखि १४ वर्षसम्मका बालबालिकाहरु कडा लक्षण सहितको कोभिड १९ संक्रमण हुने उच्च जोखिम समूहमा पर्दछन् । शिशुहरु संक्रमित भएमा गम्भीर विरामी पनि पर्न सक्दछन् । त्यस्तै १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुमा २ देखि ६ हस्तासम्मको लक्षणवीहिन वा लक्षणयुक्त कोभिड संक्रमणपछि मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम देखिन सक्छ ।
सबैभन्दा आम लक्षणहरु भनेका ज्वरो (६३ प्रतिशत), खोकी (३४ प्रतिशत) र त्योसँगै वाकवाकी तथा वान्ता (२० प्रतिशत) र झाडापखाला (२० प्रतिशत) रहेका छन् । वयस्क मानिसहरुमा जस्तै बालबालिकाहरुमा पनि कोभिडका मुख्य लक्षणमा ज्वरो र खोकी नै पर्दछ । तर बालबालिकामा त्यस्तो लक्षण देखिने दर वयस्कमा भन्दा निकै कम हुन्छ ।
कोभिड १९ संक्रमणको आशंका भएका वा पुष्टि भएका र ज्वरो, खोकी तथा फ्यारिन्जाइटिस जस्ता सामान्य खालका लक्षण देखिएका बालबालिका र बृद्धबृद्धालाईलाई सामान्यतया घरमै व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । दम, मुटुको रोग, मधुमेह, छारे रोग तथा मांशपेशीजन्य लगायतका रोग भएका संक्रमितलाई चाहीँ तत्कालै अस्पताल लैजानु पर्दछ ।
संक्रमितको घरमै गरिने व्यवस्थापन अन्तरगत संक्रमित वा आशंकितलाई आइसोलेसनमा राखेर अरुलाई रोग सर्न नदिने, उसको निरन्तर निगरानी गरिरहने र लक्षणहरुको बारेमा जानकारी लिइरहने, आडभरोसा दिने र पोषणयुक्त खानेकुरा र डाक्टरहरुको सल्लाह बमोजिम औषधि आवश्यक परेमा खुवाउने ।
घरमै हेरचाह तथा आइसोलेसनमा रहेका संक्रमितहरुमा यस्ता कडा लक्षण देखिएमा सचेत हुनु पर्दछ । सास फेर्न गाह्रो हुनु, घ्यारघ्यार हुनु । किशोरावस्थाका बालबालिकामा छाति दुख्नु र दबाब महसुस हुनु । अनुहार तथा ओठ निलो बन्दै जानु । पिसाब कम लाग्नु, सरीर चिसो बन्नु तथा छालामा धब्बाहरु बन्नु । गाहे लक्ष्यण हो यो बेला अस्पताल लगि हाल्नु पर्छ ।बिरामीको हेरचाह गरिरहँदा ठिक तरिकाले, सही किसिमको मास्क लगाउने । ग्लोभ्स तथा पिपिइ लगाउने गर्नु पर्दछ ।