ललितपुर स्थित नवकिरण अनाथ असाहाय बाल उत्थान समाज, हात्तिवनमा दुध तथा दुग्ध पदार्थ सेवन गराई सम्पन्न गरिएको छ । अनाथालयमा ४५ जना बालबालिकाहरु रहेका छन् । एसोसिएसनले अनाथालयमा बालबालिकाको शिक्षाका लागि बागमति प्रदेशबाट १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा ग¥यो ।
एसोसिएसनको कार्यालयको परिसररमा दुग्ध क्षेत्रको उन्नति, हामी सबैको समुन्नति भन्ने नाराका साथ सम्पन्न भयो । कार्यक्रम संचालन केन्द्रिय उपाध्यक्ष मनोज कुमार घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्त्व नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव दिपक कुमार खराल, विशिष्ट अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, विशेष अतिथि पशु सेवा विभागका महानिर्देशक सम्झना कुमारी काफ्ले पाण्डे, एन प्याव्सनका महासचिव पारसमणी दाहाल, नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, सहकोषाध्यक्ष रामभक्त दाहाल, बागमति प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे लगायत बागमति प्रदेश नेपाल डेरी एसोसिएसनका पदाधिकारीहरु एवं डेरी उद्योगीहरुको उपस्थिति माझ प्रमूख अतिथि सचिव खराललेले बालबालिकालाई दुग्धपान गराई कार्यक्रम उद्घाटन गर्नुका साथै २४औं स्थापना दिवस लेखेको खुवाको केक काटि मनाईयो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाज्यूले राख्नुभएको थियो । प्रमुख अतिथिले दुध बालक देखि वृद्धसम्म नभई नहुने कुरा हो । यसको लागि किसान, उद्योगी र सरोकारवाला निकायहरु एक अर्कामा मिलि अघि बढ्नु पर्ने र आत्मनिर्भर उन्मुख सबैको ध्यान जानुपर्ने प्रमुख अतिथि खरालले बताउनुभयो । विशेष अतिथि सम्झना कुमारी काफ्लेज्यूले संस्था स्थापनाकालदेखि हालसम्म अनेकौं बाधा व्यवधानहरुसंग लडि दुग्ध व्यवसायलाई टिकाई राखी यो अवस्थासम्म आउँदा यहाँका कृषकवर्ग, उद्योगीे र आम किसानहरुको रोजगारीमा टेवा पुगेको कुराले यस संस्थाप्रति शुभकामना सहित अझ उचाईमा पुगोस् भन्ने कुरा बताउनु भयो । अतिथि एन प्याव्सनका महासचिव पारसमणी दाहालले दुध एक पूर्ण पोष्टिक आहार हो भने यो बच्चादेखि बृद्धसम्म नभई नहुने भएकोले विद्यालयहरुमा पनि बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सम्बन्धि जानकारी लगायत गराउने सम्पूर्ण अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई नियमित दुध तथा दुग्धजन्य पदार्थको उपभोग गर्न जोड दिनु पर्ने र दुग्ध क्षेत्रको बजारीकरण र गुणस्तरमा चुनौती रहेको छ । यसमा सबै सरोकारवालाहरु लागि पर्नुपर्ने बताउनुभयो । मन्तव्यको क्रममा विशेष अतिथि एसोसिएसनका सल्लाहकार लाल कुमार के.सीले दुग्ध व्यवसाय भनेको सम्बेदनशील, देशको आर्थिक उन्नती विकास गर्ने क्षेत्र हुँदा हुँदै पनि यस क्षेत्रमा स्वदेशी लगानीको प्रवद्र्धन गर्नुपर्ने अवस्थामा विदेश लगानी भित्रिने कुराले स्वदेशी उद्योगी तथा कृषकवर्गमा असर पुगि देशको आर्थिक उन्नतीमा टेवा पुग्नुको साटो खस्कने निश्चित रहेको बताउनु भयो । संस्थाका अध्यक्ष प्रल्हाद दाहालले संस्थाका अग्रजहरुलाई सधैं सम्मान गर्नुपर्ने र आगामी दिनमा वहाँहरुको अनुभव सेयर गर्दै संस्थालाई अझ सुदृढ र मजबुत बनाउँदै लानुपर्ने छ । आज स्थापना दिवसको दिन खुसि मनाउनुपर्ने दिनमा वैदेशीक लगानी आउने कुराले आम उद्योगी, किसान दुखि हुनुपर्दा नराम्रो अनुभुति भएको बताउनुभयो ।
नेपाल डेरी एसोसिएशनको २४औं स्थापना दिवस २०७९ को अवसरमा सबै प्रदेश र क्षेत्रमा बिविध गतिविधिहरु भएका थिए । प्रदेश न. १ ः यस प्रदेशमा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष राजन चिमरिया, महासचिव हेमचन्द्र खनाल, सदस्य अशेष बुढाथोकी, सुमन चिमरिया, प्रदेश अध्यक्ष गंगा खड्का, झापा जिल्ला अध्यक्ष भरत ओलीसाथै डेरी उद्योगीहरुको सहभागितामा २४औं स्थापना दिवसको अवसरमा जागृत बाल उद्धार केन्द्र नेपाल, मेचीनगर–७ का अनाथ बालबालिकाहरुलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरि भव्यताका साथ मनाईयो ।
मधेश प्रदेश ः नेपाल डेरी एसोसिएसनका केन्द्रिय उप महासचिव बिजय प्रसाद चौरसिया, प्रदेश अध्यक्ष राघौ सिं, सदस्य नविन चौरसियाका साथै डेरी उद्योगीहरुको सहभागितामा २४औं स्थापना दिवसको उपलक्ष्यमा केक काटेर गरि मनाईयो ।
बागमति प्रदेशको राजधानी हेटौंडामा मकवानपुर जिल्ला कमिटिको आयोजनामा केन्र्दिय सदस्य निराजन कोईराला, नि.केन्द्रिय सदस्य तिर्थ अधिकारी, जिल्ला समिति अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरुका लगायत डेरी उद्योगीहरुको उपस्थितिमा मामाघर नेपाल मकवानपुरमा रहेका भान्जाहरुलाई बिहानीको खाना खाजाको व्यवस्था गरि स्थापनाको केक काटि भव्यताका साथ स्थापना दिवस मनाईयो ।
गण्डकी प्रदेश ः नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशमा अध्यक्ष एवं सचिव शिवहरि आचार्य, सललाहकार ज्ञानेन्द्र बजगाई, सल्लाहकार सुरेश बहादुर श्रेष्ठ, सदस्य रामचन्द्र बरालका साथै डेरी उद्योगीहरुको सहभागितामा मानव सेवा आश्रम पोखरामा दुध तथा दुग्ध पदार्थ वितरण गरि २४औं स्थापना दिवस हाल दुग्ध व्यवसायमा देखा परेको समस्यामा उपायहरुको खोजी गर्न छलफल गरि केन्द्रले गरेका कार्यक्रमहरुमा एक्वेबद्धता जनाउने भन्दै मनाईयो ।
लुम्बिनी प्रदेश ः लुम्बिनी प्रदेशमा नेपाल डेरी एसोसिएसनका केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारी, सह–सचिव शिव भुषाल, केन्द्रिय सदस्य अर्जुन अधिकारी, भुवनेश्नर न्यौपाने, प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, पुर्व अध्यक्ष मेघराज भण्डारी, लुम्विनी प्रदेश नि.अध्यक्ष कृष्ण भट्टराईका साथै डेरी उद्योगीहरुको सहभागितामा २४औं स्थापना दिवसको उपलक्ष्यमा दुग्ध उद्योगी व्यवसायी भेला भई दुग्ध क्षेत्रमा भएका समस्याको विषयमा छलफल सहित चियापन समारोह गरि केक काटेर मनाईयो ।
कर्णाली प्रदेशः नेपाल डेरी एसोसिएसनका कर्णाली प्रदेश संयोजक प्रेम बहादुर डि.सिका साथै डेरी उद्योगीहरुको सहभागितामा २४औं स्थापना दिवसको अवसरमा जनप्रिय पोलिक्लिनिक, सहज पोलिक्लिनिक र बागचौर पोलिक्लिनिक बागचौर न. पा. २ सल्यानमा रहेका १२ जना बिरामिहरूलाई निशुल्क दूध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।
सुदुरपश्चिम प्रदेश ः नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमाल, सदस्य प्रेम प्रकाश पाठक, प्रकाश सामन्त, सल्लाहकार भुपेन्द्र थापा, प्रदेश अध्यक्ष रविन पन्तका साथै डेरी उद्योगीहरुको सहभागितामा २४औं स्थापना दिवसको उपलक्ष्यमा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनगढिमा दुध तथा दुग्ध पदार्थ सेवनका साथै स्थापना दिवसको केक काटेर मनाईयो ।
त्यस्तै तुल्सिपुर दाङमा पनि केन्द्रिय उपाध्यक्ष रेशम बहादुर खड्काको नेतृत्वमा उद्योगीहरुलाई सहभागी गराई २४औं स्थापना दिवसको केक काटेर मनाईयो । साथै पाल्पा जिल्लामा केन्द्रिय सदस्य टिकाराम खरालज्युको नेतृत्वमा उद्योगीहरुलाई सहभागी गराई २४औं स्थापना दिवसको उपलक्ष्यमा हाल कृषिमा वैदेशीक लगानी आउँदा विषेश गरि दुग्ध क्षेत्रमा पर्ने समस्याको बारेमा अत्रक्रिया गरि मनाईएको थियो ।