काठमाडौँ विश्वविद्यालयबाट १२४० विद्यार्थी दीक्षित

हिजो भएको काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २८ औ दीक्षान्त समारोहबाट १ हजार ९२ गरी १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन ।

दीक्षान्त समारोहमा पिएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ जना र स्नातक तहका १ हजार ९२ गरी १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका थिए । दीक्षित हुनेहरु मध्ये आर्टसमा ३५, एजुकेसन ५७, इन्जिनियरिङका ३ सय ६५, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साईन्सेजका ५ सय ६५ जना र साइन्सका १ सय ६७ विद्यार्थी छन् । विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङका ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरेको छ । हालसम्म विश्वविद्यालयबाट ४१ हजार २ सय ७५ जना विद्यार्थी उर्तिण भएका छन् । दीक्षान्त समारोहमा भारत लगायत ४ वटा देशका ७३ जना विद्यार्थी पनि सहभागी भएका छन् ।
दीक्षान्त समारोहमा चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा स्कुल अफ एजुकेसनका सिद्धार्थ रजकले पाएका छन् । भाईस चान्सलर स्वर्णपदक स्नातक तहमा स्कुल अफ एजुकेसनकी सञ्चिता केसीले पाएकी छिन् । त्यस्तै जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक एमबिए तहबाट स्कुल अफ म्यानेजमेन्टकी प्रश्न भट्टराई र रणबहादुर शाह स्वर्णपदक एमबिए तहमा स्कुल अफ म्यानेजमेन्टकी आयुस्मा पोखरेलले प्राप्त गर्ने भएकी छिन् । दीक्षान्त समारोहमा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, मुम्वई विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयका पुर्व उपकुलपति र हाल एटलास स्किलटिच विश्वविद्यालय मुम्बईका उपकुलपति प्रो.डा राजन बेल्लुकरले दीक्षित विद्यार्थीहरुलाई बधाई दिनु भएको थियो ।
समारोहमा बोल्दै प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाहालले आर्थिक दबाब रोक्न सरकारले नीति तथा कार्यक्रम र बजेटमा ७ सय ५३ वटै पालिकामा उत्पादन र रोजगार वृद्धि गर्ने कार्यक्रम समावेश गरेको बताउनुभयो । मुलुकमा विश्वविद्यालय खोल्ने होडबाजी चलिरहेको बताउँदै प्रधानमन्त्री दाहालले भएका विश्वविद्यालयको गुणस्तरीयता वृद्धि गर्ने, विद्यार्थी कम हुँदै गएका कारण संकटमा पर्न थालेका सामुदायिक क्याम्पसहरु एकीकरण गर्ने र पूर्वाधार भएका स्थानमा मात्रै विश्वविद्यालय सञ्चालन गर्नु पर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।
आमन्त्रित प्राध्यापक डा. राजन वेलुकरले नेपाल र नेपालीहरुलाई दक्ष बनाउन गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्थाहरु अब्बल बनाउनु पर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *